
प्रचन्डजीको प्रचन्ड पत्नी माया देखेर नयाँ नेपालका लोग्ने मान्छेले केही सिक्लान् जस्तो लाग्या छ मलाई । छायासरी वहाँकी पत्नी जतिबेला पनि साथ साथ देखिनुहुन्छ, चाहे त्यो राजनीतिक कार्यक्रम होस् वा अराजनितिक । चाहे त्यो दाहालजीकै शब्दमा भनिएको 'सम्राज्यबादी' अमेरिकामा होस् वा 'शारिरिक र मानसिकरूपले आशक्त' गिरिजा प्रसाद कोइरालाको चियापानमा--सर्वत्र छाउनु भएकै छ सितजी । त्यसैले त पत्रकारहरुको घम्साघम्सिमा च्यापिदा पनि दु:ख मान्नु भएन वहाँले । हुन त एक हिन्दू नारीको धर्म भनेकै पतिको खुशीमा साथ दिनु हो । तर ....

तर एउटा कुरो भने दाहाल दम्पत्तीले चटक्कै बिर्सिनुभएछ है! त्यसरी नै जनता को पैसामा राजारानीले मोज गर्दा आज ऊनिहरुको ठेगाना दरबारमार्ग बाट वनमार्ग भईसक्यो । त्यस्तै हो भने त कमरेड दम्पत्ती पनि बालुवाटार बाट बालाजुटार तिर लाग्नु पर्ला, होस् गरौ है ...
सोचौं है सोचौं !!