Showing posts with label sita dahal. Show all posts
Showing posts with label sita dahal. Show all posts

Sunday, October 19, 2008

जहाँ जहाँ जान्छौ तिमी...

कथा दाहाल दम्पत्तिको



प्रचन्डजीको प्रचन्ड पत्नी माया देखेर नयाँ नेपालका लोग्ने मान्छेले केही सिक्लान् जस्तो लाग्या छ मलाई । छायासरी वहाँकी पत्नी जतिबेला पनि साथ साथ देखिनुहुन्छ, चाहे त्यो राजनीतिक कार्यक्रम होस् वा अराजनितिक । चाहे त्यो दाहालजीकै शब्दमा भनिएको 'सम्राज्यबादी' अमेरिकामा होस् वा 'शारिरिक र मानसिकरूपले आशक्त' गिरिजा प्रसाद कोइरालाको चियापानमा--सर्वत्र छाउनु भएकै छ सितजी । त्यसैले त पत्रकारहरुको घम्साघम्सिमा च्यापिदा पनि दु:ख मान्नु भएन वहाँले । हुन त एक हिन्दू नारीको धर्म भनेकै पतिको खुशीमा साथ दिनु हो । तर ....

तर हामी जनतालाई भने यी कुरा चित्त नबुझ्ने रहेछ, किन भन्देखीन न त सिताजीले कुनै मन्त्रिपद सम्हाल्नु भएको छ न त वहाँनै हो प्रधानमन्त्रिको औपचारिक अङरक्षक ... त्यसो भए के का लागि सधैं अघी पछी लाग्नु हुन्छ त वहाँ लखर लखर, दाहालजीको ? शुभचिन्तकहरुको नमस्ते र पुष्प गुच्छा थाप्न? कि पुष्पक बिमान चढ्न ? बरु साचिकै पुष्प प्रेमी हुनुहुँदो रहेछ वहाँ त । यता पनि पुष्प उता पनि पुष्प, जताततै पुश्पै पुष्प ।

तर एउटा कुरो भने दाहाल दम्पत्तीले चटक्कै बिर्सिनुभएछ है! त्यसरी नै जनता को पैसामा राजारानीले मोज गर्दा आज ऊनिहरुको ठेगाना दरबारमार्ग बाट वनमार्ग भईसक्यो । त्यस्तै हो भने त कमरेड दम्पत्ती पनि बालुवाटार बाट बालाजुटार तिर लाग्नु पर्ला, होस् गरौ है ...

सोचौं है सोचौं !!